Section 16
सामूहिक क्षेत्र तथा सुविधा
कुनै आवास इकाई धनीले अन्य आवास इकाई धनीको अधिकारमा प्रतिकूल असर नपर्ने गरी देहायका सामूहिक क्षेत्र तथा सुविधाको उपभोग समानुपातिक ढंगबाट गर्न सक्नेछ ः–
(क) संयुक्त आवास भवनको जग्गा ।
(ख) संयुक्त आवास भवनको जग, लठ्ठा, गर्डर, बीम, सपोर्ट, गारो, पर्खाल, छाना, हल, कोरिडोर, लब्बी, भ¥याङ्ग, फायर स्केप र भित्र बाहिर गर्ने बाटो ।
(ग) बेसमेन्ट, सेलार, चोक, बगैंचा, पाकिङ्र्ग क्षेत्र र गोदाम ।
(घ) जेनेरेटर राख्ने स्थान र सुरक्षा गार्ड बस्ने स्थान ।
(ङ) विद्युत, ग्याँस, चिसो र तातो पानीको व्यवस्था गर्ने भाग, हिटिङ्ग वा एयर कण्डिशन जस्ता कार्यको लागि उपयोग भएको भवनको भाग ।
(च) इलेभेटर, पम्प, टैंक, मोटर, पंखा, फोहर राख्ने कन्टेनर जस्ता सामूहिक उपयोगका साधनहरु ।